Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय ढुकुटीको ब्रम्हलुट जोगाउन रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्नुपर्छ : रामचन्द्र पौडेल

राष्ट्रिय ढुकुटीको ब्रम्हलुट जोगाउन रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्नुपर्छ : रामचन्द्र पौडेल

  • 5.1K
    SHARES

  • राष्ट्रिय ढुकुटीको ब्रम्हलुट जोगाउन  रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्नुपर्छ : रामचन्द्र पौडेल

    बुटवल,भदौ १८ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा-इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गरेका छन् । उनले रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको धारणा राखेका छन्। 

    ‘आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नु अनुचित हो।’ पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्नबाट जोगाउन तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत न्यायिक निकायको जोडदार ध्यानाकर्षण गराउँछु।’

    परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभई सार्वजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली ९६० विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत छ। जारी विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित छ।ram chandra pdl.jpg

     

    उनले रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरणसमेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत भएको धारणा राखेका छन्।

    पौडेलले रेलमार्ग निर्माणको जिम्मा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको उल्लेख गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology