बुटवल,फागुन २३ ।
रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।
सोमबार विहान थारु आफ्नै घरदेखि १सय मिटर पूर्व तर्फ रहेको भलवारी कुलोमा डुबी मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुन साथ घटना स्थलमा प्रहरी पुगेको थियो ।
थारुको शवलाई पोष्टमार्टन गरी परिवारलाई बुझाइसकेको प्रवक्ता अर्यालले बताउनुभयो । मृतक थारुका एक श्रीमती र १ छोरा र १ छोरी रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)