बुटवल,मंसिर १०-
कपिलवस्तु नगरपालिका– ६ का १३ वर्षीय राहुल साहनी २४ दिन पछि फेला परेका छन् ।
घरमा बुवा रिन्कुसँग विद्यालय जाने बिषयमा सामान्य कुरामा रिसाएर गत कार्तिक १७ गते भारतको नासिक भागेर गएका थिए । कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिका ८ चरिगवा वर्ष १९ का मुम्बई बस्ने राकेश निषादले उनको खोजबिन गरि पत्ता लगाएर उनलाई आज शोरहतगढ सम्म पठाएका छन् ।
त्यहाबाट बुधबार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीले राहुल मर्यादपुर क्षेत्रमा भेटिएको र परिवारको जिम्मा लगाइएको बताउनुभएको छ ।
विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ वर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।
याे समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)