Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलबस्तु तिलौराकोटका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल शाहनी सम्पर्कविहिन

कपिलबस्तु तिलौराकोटका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल शाहनी सम्पर्कविहिन

  • 4.2K
    SHARES

  • कपिलबस्तु तिलौराकोटका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल शाहनी सम्पर्कविहिन

    बुटवल, कार्तिक १८- 

    कपिलबस्तु तिलौराकोटका ११ वर्षिय ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी सम्पर्कविहिन भएका छन् । 

    कपिलबस्तु नगरपालिका–३ घर भएका शाहनी सोमबार विहानदेखि सम्पर्कविहिन छन् । विहान ९ बजे नजिकैको सिद्धार्थ ईं.बो.स्कूल जान हिँडेका उनी विद्यालय भित्र प्रवेश नगरेको विद्यालयले जनाएको उनका बुवा रिंकु शाहनीले बताए ।

    राहुलका साथी,छिमेकी र आफन्तहरु लाई सोधपुछ गरिसकेपछि पनि उनको बारे केही जानकारी नभ्एको उनले बताए । उनी घरबाट साइकल लिएर विद्यालय हिँडेको र घर नफर्केकाे बताए  ।

    यो समाचार तयार पार्दासम्म उनी सम्पर्कमा आएका छैनन् । उनकाे खाेजी गरिदिन परिवारजनको आग्रह छ । सामान्य परिवारका ११ वर्षिय राहुललेसाहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन् ।

    उनीसँग नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान रहेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology