Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा भुतखोलामा घुम्न गएका २४ वर्षीय अजिमको डुबेर मृत्यु

पाल्पा भुतखोलामा घुम्न गएका २४ वर्षीय अजिमको डुबेर मृत्यु

  • 2.4K
    SHARES

  • पाल्पा भुतखोलामा घुम्न गएका २४ वर्षीय अजिमको डुबेर मृत्यु

    बुटवल,माघ १६ ।

    पाल्पाको तिनाउ ३ भुतखोला पाेखरीमा एक युवाको डुबेर मृत्यु भएको छ । फोटो खिच्ने क्रममा पोखरीमा डुबेर आइतबार दिउँसो पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको हो ।

    पठान र रुपन्देहीको सिद्धार्थनगर-४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका थिए । भुतखोलाको पोखरीमा फोटो खिच्न जाने क्रममा अचानक ढुङ्गाबाट चिप्लिन जाँदा पोखरीमा डुबेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्यइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ ।

     भुत खोला पाल्पामा घुम्नका लागि लाेकप्रिय ठाँउ मानिन्छ ।sadak buddhanagar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology