Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनामा निर्माणाधीन क्रिकेट रंगशालाका लागि बजेट अभाव हुँदैन : सदस्य सचिव सिलवाल

सैनामैनामा निर्माणाधीन क्रिकेट रंगशालाका लागि बजेट अभाव हुँदैन : सदस्य सचिव सिलवाल

  • 3.1K
    SHARES

  • सैनामैनामा निर्माणाधीन क्रिकेट रंगशालाका लागि बजेट अभाव हुँदैन : सदस्य सचिव  सिलवाल

     सैनामैना,मंसिर ५ -

    राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले रुपन्देहीको सैनामैनामा निर्माणधीन क्रिकेट रंगशालाका लागि बजेटको अभाव हुन नदिने बताउनुभएको छ ।

    नगरको वडा नं.७ स्थित लम्टैयामा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शुक्रबार अवलोकन गर्दै सो कुरा बताउनुभएको हो ।
    सिलवालका अनुसार केन्द्रिकृत योजना अन्तर्गत सरकारले सात वटै प्रदेशमा प्रादेशिक रंगशाला निर्माण गर्ने योजना अनुसार पनि यस क्रिकेट रंगशालालाई बजेटको अभाव नहुने भएको हो । उहाँले रंगशालाको अन्तिम डिपिआर छिट्टै नै तयार गरिने बताउँदै पहिलो चरणमा यस वर्ष नै खेल्न योग्य मैदान गराउनुपर्नेमा जोड दिनुभयो ।
    पहिलो चरणमा यस वर्ष यो क्षेत्र खेल्न योग्य बनाउँ, जसले गर्दा गतिविधिहरु हुन्छन्, सिलवालले भन्नुभयोे – ‘ खेल मैदान तयार भएपछि यु – १९ लगायत अन्य टुर्नामेन्टहरुको खेलका लागि पनि प्रस्ताव गर्नुहोस्, यसमा हाम्रो साथ रहनेछ । ’
    खेल मैदान तयार भइसकेपछि मात्र दोस्रो चरणमा रंगशाला निर्माणका लागि अन्तिम डिपिआर बनाउने, टेण्डर आह्वान गर्ने र स्रोत सुनिश्चतता गर्नका लागि सुझाव दिनुभयो । बहुवर्षीय योजनामा राखेर करिब ५ वर्षभित्र सम्पुर्ण संरचना बन्ने गरी रंगशालाको काम गर्नुपर्नेमा उहाँको जोड छ ।

    लुम्बिनी प्रदेश क्रिकेटमा समेत अगाडि रहेको उल्लेख गर्दै उहाँले गौतम बुद्ध अन्तराष्ट्रिय एअरपोर्ट भैरहवा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यहाँ स्तरीय होटलहरु पनि नजिकै रहेकोले दर्शकको पनि राम्रो सहभागिता हुनेमा विश्वास व्यक्त गर्नुभयो । अन्तराष्ट्रिय खेल खेल्न एउटा मात्र मैदानले नपुग्ने बताउँदै सैनामैना, तिलोत्तमा , देवदह, भैरहवा सँगै कन्चनमा समेत क्रिकेट रंगशालाको डिपिआर र अन्य कामहरु हुने क्रममा रहेको सदस्य सचिव सिलवालको भनाइ छ ।

    क्रिकेट रंगशालाको डिपिआर बारे जानकारी लिदै सिलवालले धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रंगशाला र यहाँ निर्माण हुन लागेको रंगशालाको नाम एउटै रहेकोले नाम परिमार्जित गर्न समेत नगरपालिकालाई सुझाउनुभयो ।

    क्रिकेट रंगशालाका बारेमा प्राप्त भएका सुझावलाई मनन गर्दै यस तर्फ नगर सकारात्मक भएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।

    राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एवम् नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, नगर प्रमुख चित्र बहादुर कार्की सहितको टोलीले सैनामैनामा रहेको क्रिकेट रगंशाला सँगै कन्चन गाउँपालिका वडा नं.२ मा रहेको झुँगा पार क्रिकेट मैदान र वडा नं. ४ मा रहेको क्रिकेट मैदानको अवलोकन गर्नुभएको थियो । यि मैदानमा अभ्यासका खेलहरु सँगै क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्न उपयुक्त रहेको बताइएको छ ।

    करिब १५ बिगाह जग्गामा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर नगरपालिकाले केही दिन अघि सार्वजनिक गरेको थियो । उक्त रंगशालाका लागि यस बर्ष रु. १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डिपिआर बनाइएको छ । निमार्ण सम्पन्न हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४८१७ बर्गमिटर क्षेत्रफल समेटिएको छ ।

    करिब २३ हजार दर्शक अट्ने गरी उक्त रंगशालाको डिपिआर बनाइएको छ ।  रंगशाला पुर्वपश्चिम राजमार्ग बाट २ कि.मि दक्षिण तर्फ पर्छ । लुम्बिनीबाट करिब १२ कि.मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबै भन्दा ठुलो ९० याडको रहेको सैनामैना नगरपालिकाले दाबी गरेको छ ।

    रुपन्देहीको सैनामैना लम्टियामा २ अर्ब १९ करोड रुपैयाँमा नेपालकै ठूलो क्रिकेट रंगशाला बन्दै

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology