Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : बुद्ध जन्मेको पवित्र माटो हो यो...

कविता : बुद्ध जन्मेको पवित्र माटो हो यो...

  • 5.3K
    SHARES

  • कविता :  बुद्ध जन्मेको पवित्र  माटो हो यो...

    -गोबिन्द राज ओझा (राजन)

    बुद्ध जन्मेको पवित्र माटो हो यो
    अखण्ड अमर शान्तभुमि हो यो
    म कल्पना गर्छु, हर मान्छे बनोस बुद्ध
    नेपाल आमा फेरी जन्माइ देउ बुद्ध

    विश्व शान्तिको कामना गरिरहु बुद्धको नाम लिई
    हे बुद्ध तिमी आशीर्वाद देउ हामि सबैलाई
    बुद्ध तिमी आऊबुद्ध तिमी आऊ
    अन्धकारबाट हामिलाई उज्यालो देखाउ

    ज्ञानको दियो बालि संसारलाई हो चिनाउने
    हत्या, हिंसा सबै त्यागेरसत्यको मार्गमा हिड्न सिकाउने
    बुद्ध जन्मेको पवित्र माटो हो यो
    अखण्ड अमर शान्तभूमि हो यो

    दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology