Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : प्रिय संविधान तिम्रा उपदेश सबैको ब्यबहारमा आउन् !

कविता : प्रिय संविधान तिम्रा उपदेश सबैको ब्यबहारमा आउन् !

  • 3.8K
    SHARES

  • कविता : प्रिय संविधान तिम्रा उपदेश सबैको ब्यबहारमा आउन् !

    -धनुषा गुर्धामी

    जन्मियौ तिमी २०७२ असोज ३गते,
    आज तिम्रो सातौं जन्मदिन !!!
    देशभरी फैलियोस् तिम्रो उत्सवको बासना
    तिमीलाई जन्मदिनको शुभकामना !  

    तिम्रो जन्मदिनको प्रसाद सबैले चाख्न पाउन्
    तिम्रो प्रसाद प्राप्तीमा पक्षपात नहोस् ।
    तिम्रो अर्ती शिरोपरमा बिस्वासघात नहोस।।
    तिम्रो न्यायको दीप सधै बलिरहोस्
    तिम्रो नजर समीप दोषी नगिरोस्

    तिमी लङ्गडाको लौरो बनेर आऊ।
    पिडीतको आवाज बनेर आऊ।।
    तर ! बिन्ती कसैको मुट्ठीभित्र नजाऊ।
    अनि कसैको गोजीमा नरमाऊ।।
     
    सुने, तिम्रो दोस्रो संशोधन पनि सभ्य र भब्य
     भयो।
    तर थाहा छैन तिम्रो सङ्गत को सङ्ग भयो।।
    मलाई थाहा छैन, तिमी टेबलमा छौ, या बलमा छौ
    तिमी झुुुपडीमा पनि आउछौ कि ? महलमा बस्छौ? 
    तर! बिन्ती छ प्रिय कानून 
    बहिराको लागि कान बनेर आऊ।
    भोकाहरुको लागि नुन बनेर आऊ।।

    तिमीलाई अनुनय गर्छन् पीडित र निर्धन पनि
    तिमी सधैं प्रस्तुत हुनु तटस्थ बनी।
    तिमी हिड्नु सधै आफ्नो कक्षमा।
    उभिनु सधै न्याय को पक्षमा ।।

    तिम्रा उपदेश सबैको ब्यबहारमा आउन्।
    निर्मालारुपि आत्माहरुले पनि शान्ति पाउन्।।
    तिम्रा अनुसुचीको सूचि सबैलाई समान होस्।
    तिम्रा भागहरुको बण्डामा पक्षपात नहोस् ।।
    मै हु भन्नेहरू पनि तिम्रै चरणमा झुुकुन्।
    तर न्यायापान गराउने तिम्रा धाराहरु कहिल्यै नसुकुन्।।     

    धन्यबाद,जय संविधान !जय नेपाल आमा !!!

    (केदारस्यु ४बझाङ )

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology