बाबा
जैले तपाईको मुख हेर्छु
हरपिडामा उज्यालो देख्छु
म हजुरलाई सताईरहेको हुन्छु
हजुर मुस्कुराई रहनूभएको हुन्छ
हाम्रै खुशीको लागी त हो है !
बाबा
तपाईको खुट्टाको पैताला हेर्छु
पटपटी फूटेको छ, पिडैपिडा देख्छु
तपाईको खिईसकेका नङ हेर्छु
सङ्घर्षको असल चित्र देख्छु
कति दु:ख र कष्टहरुको प्रहार सहनूहुन्छ
हाम्रै खुशीको लागी त हो है !
बाबा
कैले आर्थिक अभावले थिचिनूहुन्छ
कैले हाम्रो दवावले पिल्सिनूहुन्छ
हिजोसम्म हजुरले न सुनाउनू भो, न मैले बुझें
आज म बुझ्ने छोरो भैसकेको छु बाबा
बाबा
तपाईका ति पिडा र अभाव हटाउन
हिजो हजुरको अटेरी, हठी छोरो
आज सङ्घर्षको मैदानमा छ
तपाईको मुहारमा वास्तविक खुशी पहिल्याउन !
कुशें औंशि अर्थात बुवाको मुख हेर्ने दिनको शुभकामना!
सम्पुर्ण बाबाहरु प्रती समर्पित,
𝙃𝙖𝙥𝙥𝙮 𝙁𝙖𝙩𝙝𝙚𝙧𝙨 𝘿𝙖𝙮💖🙏
-गोकर्ण 'प्रकास' ज्ञवाली ,रुरुक्षेत्र -४, गुल्मी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)