Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना भाइरस अपडेट : २८६ जनामा सङ्क्रमण पुष्टि हुँदा ४७९ जना निको

कोरोना भाइरस अपडेट : २८६ जनामा सङ्क्रमण पुष्टि हुँदा ४७९ जना निको

  • 2.1K
    SHARES

  • कोरोना भाइरस अपडेट : २८६ जनामा सङ्क्रमण पुष्टि हुँदा ४७९ जना निको

    बुटवल,भदौ ५ ।

    नेपालमा थप २८६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टीजेन विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ ।

    यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology