Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : ए हर्क तिमी धराने जनताका मात्र होइनौ !

कविता : ए हर्क तिमी धराने जनताका मात्र होइनौ !

  • 2.0K
    SHARES

  • कविता : ए हर्क तिमी धराने जनताका मात्र होइनौ !

    -गाेपालप्रसाद न्याैपाने 
    ए हर्के धराने तिमी !
    तिमीले त जनताको सेन्टिमेन्ट परिवर्तन गरि छाड्यौ!
    न त तिमी नेपालको प्रधानमन्त्री नै हौ ?
    न त तिमी कुनै सघीय मन्त्री नै हौ ?
    न त तिमी ठुला दलको अध्यक्ष नै हौ ? तर देशको कुना कुनामा तिम्रो चर्चा छ !
     तिमीलाई नचिन्ने अहिले को छ र ?
    तिम्रो सोच, त्याग , इमान र विकास प्रेमि भावनाले देश नै नतमस्तक भएको छ !
    जाबो मेयर पदको हर्के तिमी !
     तिमीले त जनताको सेन्टिमेन्ट परिवर्तन गरिसक्यौ !
    तिमीजस्ता प्रतिनिधि सबै निकायमा भए देश कायापलट हुन के नै बेर लाग्ला !
    म पनि अवाक् भएको छु !
    खुशिले भावुक भएको छु !
    तिम्रो एकल प्रयास पनि यति बलियो हुदो रहेछ !
    मलाई त थाहै थिएन ! सरकार छ !
    प्रधानमन्त्री छन, मन्त्री छन , प्रतिपक्ष छन , दलको ठुलो स्ंजाल छ !
    तर तिम्रो नाम आज मुलुकमा सबैले जपेका छन !
    किनकि, तिमीले भ्रष्टाचार नगर्ने कसम धराने जनता संग गरि सक्यौ !
    तिमी मेयर आफै ज्यामि भै विकासको अभियानमा काम गर्न थालि सक्यौ !
    आफुलाई सुविधा र तलबमा भन्दा धरानकै विकासमा समर्पण गरि सक्यौ !
     तिमीसंग त नेतालाई सिकाउने दर्शन पो रहेछ !
     तिमीसंग त कार्यकर्तालाई विवेकशिल बनाउने दर्शन पो रहेछ !
    अब त तिमी धराने जनताका मात्र होइनौ !
    देशकै दर्शन बन्ने छौ !
    तिम्रो सोच र अभियान प्रति सलाम छ !
    तिम्रो शशक्त प्रतिनिधिले देशको कुना कुनामा साना ठुला सबैलाई देश विकासमा समर्पण हुन झकझकाउने छ !
    किनकि, तिमीले त जनताको सेन्टिमेन्ट परिवर्तन गरि छाड्यौ !
    ए हर्के धराने तिमी ।


    -एम्स कलेज बुटवल 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology