Logo बिहिवार, आश्विन १ गते २०८३
images

सबैप्रकारका हिंसाकाे बिरूद्धमा रुपन्देहीका युवतीहरुले आज दाेश्राे चरणकाे मौन प्रदर्शन गर्दै

सबैप्रकारका हिंसाकाे बिरूद्धमा रुपन्देहीका युवतीहरुले आज दाेश्राे चरणकाे मौन प्रदर्शन गर्दै

  • 3.3K
    SHARES

  • सबैप्रकारका हिंसाकाे बिरूद्धमा रुपन्देहीका युवतीहरुले आज दाेश्राे चरणकाे मौन प्रदर्शन गर्दै

    बुटवल,कार्तिक १४ -

    रुपन्देहीको सैनामैनाका युवतीहरुले सबैप्रकारका हिंसाको बिरूद्धमा आज दोश्रो चरणको मौन प्रदर्शन गर्दैछन् ।

    ‘अत्ति भयो, अझै कति सहने, स्टप रेप, तिमी कपडाको कुरा गर्छौ, आफ्नो सोचलाई कहिले फेर्छौ ’ व्यक्तिलाई के दोष दिन्छौँ, यहाँ असली बलात्कारी त कानुन हो ’ सहमती बिनाको यौन सम्पर्क स्वीकार छैन ’ लेखेका प्ले कार्डहरु बोकेर प्रदर्शन हुनेछ ।

    उनीहरुले कालो पोशाक लगाएर बलात्कार,यौन हिंसा तथा चेलीहरुको जीवन सुरक्षित बनाउन दबाब दिने उद्धेश्यले कार्यक्रम गर्दैछन् ।

    बलात्कार र बलात्कारी सोच विरुद्ध आवाज उठाउन  र सुन्दर समाजको निर्माणमा सहकार्यका लागि  अभियान चलाइएको  नेतृत्व गरिरहेकी प्रियंका भण्डारीले नागरिक अनलाइनलाइ बताइन् ।

     सरकारले बलात्कारीलाइ कडा कानुन बनाएर सजाय दिनुपर्ने उनले बताइन् ।सैनामैनाको मुर्गिया चोकमा चारबजे कार्यक्रम गर्ने तय भएको उनले बताइन् ।

    सो कार्यक्रममा सहभागिताका लागि पनि अनुरोध गरिएको छ । उनीहरूले यसअघि कार्तिक १ पनि मौन प्रदर्शन गरेका थिए । 

    no rape a.jpg

    याे पनि पढाैँ :-

    रुपन्देहीका युवतीहरु कालाे पाेशाकसहित सडकमा उत्रिए,भन्छन्-‘यहाँ असली बलात्कारी त कानुन हो !’

    बुटवल-भैरहवा सडकमा कालाे पाेशाक लगाएर बलात्कार विरुद्ध उत्रिए किशाेरी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology