Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल-भैरहवा सडकमा कालाे पाेशाक लगाएर बलात्कार विरुद्ध उत्रिए किशाेरी

बुटवल-भैरहवा सडकमा कालाे पाेशाक लगाएर बलात्कार विरुद्ध उत्रिए किशाेरी

  • 7.8K
    SHARES

  • बुटवल-भैरहवा सडकमा कालाे पाेशाक लगाएर बलात्कार विरुद्ध उत्रिए किशाेरी

    बुटवल,असोज २४ ।

    बुटवलकाे सडकमा कालाे पाेशाक लगाएर किशाेरीले बलात्कार बिरुद्धकाे अभियान शुरु गरेका छन् ।  देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि  सामाजिक सञ्जालमा पनि कालो रङ्गको प्रोफाइल राखेर विरोध चलिरहेको बेला बुटवलकाे सडकमा प्लेकार्ड सहित युवतीहरु बिराेधमा उत्रिएका हुन् ।

    ‘जो बोल्दैन उ बलात्कारी,जो सुन्दैन उ बलात्कारी , तिमी बलात्कारी’ अर्थात् बलात्कार विरुद्ध नबोल्ने ,नसुन्ने र आवाज नउठाउने पनि बलात्कारी हो भन्दै उनीहरुले बलात्कार विरुद्ध आवाज उठाउन विरोध प्रदर्शन गरिएकाे कार्यक्रम संयोजक सुष्मा न्यौपानेले नागरिक अनलाइनसंग बताइन् ।birod black.jpg

    भैरहवा–बुटवल सडकखण्ड अन्तर्गत बुटवल–११ , कालिकानगरमा कालो पहिरनमा मौन विरोध जनाएका थिए । उता तिलाेत्तमा क्षेत्रमा पनि कालाे पहिरनमा बिराेध सहित अभियान चलाइएकाे स्थानीय युवा आयुसा कडेंलले बताइन् । 

    tinapa.jpg2.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology