बुटवल,असार २९ ।
बुटवल लेडी जेसिजको आयोजनामा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा संरक्षित असहाय बालकहरूलाई सहयोग प्रदान गरिएको छ । उनीहरूलाइ लत्ताकपडा,शैक्षिक सामाग्री वितरण तथा भोजन खुवाइएको हो ।
भानुजयन्ती , गुरूपुर्णिमा तथा लेडी जेसिजकी अध्यक्ष अनुपमा श्रेष्ठको जन्मदिनको अवसर पारी सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि महन्त देवराज महाराजाले पश्चिमेली सँस्कृति नेपालमा हाबी भएको बताउनुभयो। बत्ती निभाएर जन्मदिन मनाउन नहुने र निभाए जीवन अन्धाकार हुने बताउनुभयो ।
‘धर्मले हामीलाई अनुशासन मा राख्छ, अध्यात्मिक तर्फ जोड दिनुपर्छ ,अध्यात्मलाई आत्मसात गरि अघि बढेमा समाज सहि दिशामा जान्छ’ । उहाँको भनाइ छ ।
बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठले बालबालिकाहरुको मस्तिष्कमा धार्मिक सस्कारको बिकास गर्न र सस्कृती जगेर्ना गर्ने उदेश्यले मन्दिरमा आएर जन्मदिन मनाएको बताउनुभयो । यस्ता कार्यक्रमबाट समाजमा सकारात्मक सन्देश जाने अपेक्षा रहेको श्रेष्ठको भनाई छ । श्रीकृष्ण प्रणामी मन्दिर सेवा समितिका सदस्य सुनिता पोखरेल र सीमा पोखरेलले यहाँ आएर कार्यक्रम गर्न प्रेरणा दिएको भन्दै अध्यक्ष श्रेष्ठले धन्यवाद ब्यक्त गर्नुभयो ।मन्दिरमा हाल बस्दै १० जना बटुकलाई दैनिक नित्य कर्ममा प्रयोग हुने कुर्ता धोती, टिसर्ट, कापिकलम ,पेन्सिल लगायतका सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा विशिष्ट अतिथी मन्दिर व्यवस्थापन समिती अध्यक्ष,मन्दिरका संस्थापक धनराज पोख्रेल,नेवा पुच कि अध्यक्ष धनु श्रेष्ठ , पुर्व अध्यक्ष ज्ञानधरा पौडेलले आफ्नो भनाई राख्नुभएको थियो ।
साे अवसरामा युवा परिषद उपाध्यक्ष शोभा श्रेष्ठ,पूर्व अध्यक्ष सल्लाहकार सिनेटर राधिका पोखरेल,पूर्व अध्यक्ष सिनेटर मन्जु भूषाल,जेसी ज्ञानधरा पन्त,आजिवन सदस्य कल्पना श्रेष्ठ,मीना केसी,गीता ज्ञवाली, बुटवल जेसिजका वर्ष २०२२ का अध्यक्ष चन्द्रमणि भुषाल, तिलोत्तमा नेवाःमयजू खलका अध्यक्ष मिनु श्रेष्ठ,भिमसेन नेवा मयजू खल अध्यक्ष धनु श्रेष्ठ,रुरु मिलनकेन्द्र नेपाल अध्यक्ष जमुना सुवेदीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संम्योजन क्लवकी सदस्य संगिता मरासिनी ,सञ्चालन क्लवकी महासचिव संगिता ढकालले गर्नुभएको थियो भने आस्थापाठ कार्यकारिणी उपाध्यक्ष जेसी बेदना पाण्डेले गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)