Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ललितपुर महानगरपालिकामा ठेला गाढामा पानीपुरी बेच्न रोक !

ललितपुर महानगरपालिकामा ठेला गाढामा पानीपुरी बेच्न रोक !

  • 2.2K
    SHARES

  • ललितपुर महानगरपालिकामा ठेला गाढामा पानीपुरी बेच्न रोक !

    बुटवल,असार १२ ।

    ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

    सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।

    धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्ना प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको हाछेथुले बताए ।

    ‘आज दिनभरी हामी ठेलामा पानीपुरी बेच्नेहरुलाई सम्झाएर हटाउँछौं । भोलिबाट महानगरमा पानीपुरीको ठेला देखिँदैन ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology