बुटवल,जेठ १२ ।
बालिकालाई जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।
गत साता पलकै वकिलहरुको आग्रहमा स्थगित भएको सुनुवाइ आज हुन लागेको हो। आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने बताइएको छ।
नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)