Logo शनिवार, आश्विन ३ गते २०८३
images

नेत्रहिन युवा संघ रुपन्देहीद्वारा सेतो छडी वितरण

नेत्रहिन युवा संघ रुपन्देहीद्वारा सेतो छडी वितरण

  • 3.0K
    SHARES

  • नेत्रहिन युवा संघ रुपन्देहीद्वारा सेतो छडी वितरण

    बुटवल,चैत्र २२ ।

    नेत्रहिन युवा संघ  नेपाल रुपन्देही को आयोजनमा सेतोछडी वितरण तथा आगामी निर्वाचन को सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवल–१२ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघको भवनमा आयोजना गरिएको कार्यक्रम मा लुम्बिनी  प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो   ।

    बुटवल उपमहानगर पालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री शर्माले अपांगताको विषयमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । उनले अपांगता क्षेत्रमा पनि  दृष्टिहिनता भएका व्याक्तिहरुको पक्षमा  सरकारले निरन्तर सहयोग प्रादन गर्ने बताए ।

    कार्यक्रम मा  जिल्ला निर्वाचन कार्यालय का प्रमुख अयोद्धा प्रसाद भण्डारीले निर्वाचनमासमान सहभागितनको लागि सरकार लाग्नु पर्ने बताए । उनले  स्थानिय तह को निर्वाचनमा पनि अपांगता भएका  व्याक्तिहरुले को समावेशीता को लागि जोड दिनुपर्ने बताए । समावेशी को लागि अपांगता समुदायको सहभागीता जरुरी रहेको बताए ।

    कार्यक्रम मा बोल्दै नेपाल नेत्रहिन संघ लुम्बिनीप्रदेशका अध्यक्ष बालकृष्ण मरासिनी ले अपांगताकोविषयमा सरकार गंभिर नभएको बताए । उनले अपांगता भएको समुदाय प्रतिसरकारले सममन दृष्टिकोण बाट हेर्नुपर्ने बताए ।

    बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदिले  बुटवल उपमहानगरपालिका ले अपांगता समुदायलाई महत्त्व दिएर काम गर्दै आएको बताए । उनले नितिनिर्माण तहमा सामान्यतया परिवर्तन गरेमा यसले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

    कार्यक्रममा समाजसेवी छविलाल आचार्य, रुपन्देही  नेत्रहिनसंघका अध्यक्ष  कृष्ण बहादुर जिसी, रुपन्देही नेत्रहिन परियोजना संयोजक प्रेम आचार्य  लगायतले आ आफ्नो भनाईराखेका थिए ।

    नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको सञ्चालन तथा परियोजना संयोजक अस्मीता क्षेत्रीको स्वागतमा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न दृष्टिविहिनता तथा न्युनदृष्टिविहिनता  भएका ३५ जना  व्यक्तिहरुलाई गमनशिलता सहजीकरणका लागि  सेतो छडी९ह्वाईटक्यान० वितरण गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology