Logo बिहिवार, आश्विन १ गते २०८३
images

सन्धिखर्कको बिस्मिल्ला सिरक डसना उद्योगमा आगलागी ५० लाख बराबरको क्षति

सन्धिखर्कको बिस्मिल्ला सिरक डसना उद्योगमा आगलागी ५० लाख बराबरको क्षति

  • 2.0K
    SHARES

  • सन्धिखर्कको बिस्मिल्ला सिरक डसना उद्योगमा आगलागी ५० लाख बराबरको क्षति

    अर्घाखाँची,चैत्र १६ ।

    अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज दिउँसो आगलागी भएको हो । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।


    आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसना लगायत सामन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा २ घण्टा पछि होस आएपछि अस्पताल बाट डिस्चार्ज भएका छन ।


    करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।आगो विद्युत सटभएर लागेको बताईएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology