Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका युवतीहरु कालाे पाेशाकसहित सडकमा उत्रिए,भन्छन्-‘व्यक्तिलाई के दोष,यहाँ असली बलात्कारी त कानुन हो !’

रुपन्देहीका युवतीहरु कालाे पाेशाकसहित सडकमा उत्रिए,भन्छन्-‘व्यक्तिलाई के दोष,यहाँ असली बलात्कारी त कानुन हो !’

  • 6.8K
    SHARES

  • रुपन्देहीका युवतीहरु कालाे पाेशाकसहित सडकमा उत्रिए,भन्छन्-‘व्यक्तिलाई के दोष,यहाँ असली बलात्कारी त कानुन हो !’

    बुटवल,कार्तिक १-

    रुपन्देहीकाे सैनामैनाका युवतीहरुले कालाे पाेशाक लगाएर बलात्कार,यौन हिंसा तथा चेलीहरुकाे जीवन सुरक्षित बनाउन दबाब दिने उद्धेश्यले मौन प्रदर्शन गरेका छन्  ।

    पीडितको न्यायका लागि युवायुवतीहरुले कालो पोशाक,निधार र हातमा कालो पट्टी बाँधेर सडकमा उत्रिएका हुन् ।protest-against.jpeg

    अब त ‘अत्ति भयो, अझै कति सहने, स्टप रेप, तिमी कपडाको कुरा गर्छौ, आफ्नो सोचलाई कहिले फेर्छौ ’ व्यक्तिलाई के दोष दिन्छौँ, यहाँ असली बलात्कारी त कानुन हो ’ सहमती बिनाको यौन सम्पर्क स्वीकार छैन ’ लेखेका प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका थिए । बलात्कारीलाइ ठेगान लगाउन कडा कानून बनाउन उनीहरुकाे माग छ ।

    महिलाहरुकाे जीवन असुरक्षित भएकाले समाजमा डर त्रास पैदा भएकाे अभियानको नेतृत्व गरिरहेकी प्रियंका भण्डारीकाे भनाई छ ।  सरकारले बलात्कारीलाइ कडा कानुन बनाएर सजाय दिनुपर्ने उनले बताइन् ।no rape a.jpg

    इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाकाे गेट अगाडीकाे प्रदर्शनमा ३५ जना युवा-युवतीहरुको सहभागिता रहेकाे थियाे  ।

    याे पनि हेराैँ:-

    बुटवल-भैरहवा सडकमा कालाे पाेशाक लगाएर बलात्कार विरुद्ध उत्रिए किशाेरी


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology