Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चौधरी दम्पत्तीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चौधरी दम्पत्तीलाई कोरोना संक्रमण

  • 3.6K
    SHARES

  • लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चौधरी दम्पत्तीलाई कोरोना संक्रमण

    बुटवल,कार्तिक १- 

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन् ।

    मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी,पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् ।

    संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्री चौधरीले जनाएका छन् । अन्य ४ जनालाई भने कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले बताए ।

    मन्त्री चौधरीले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गरेका छन् ।यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरीसहित प्रदेश सभा सचिववालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीसहित ३५ जनामा पनि कोरोना संक्रमण भएको थियो ।

    यस्तै लेखा समिति सभापति डिल्ली चौधरी र अर्थ, उद्योग तथा विकास समिति सभापति दधिराम न्यौपानेमा पनि कोराेना संक्रमण भएको थियो ।

     

    प्रबक्ता चौधरी भन्छन्-‘नचाहँदा नचाहँदै राजधानी सरिहाल्यो,राजधानी नहुँदैमा विकास राेकिन्न,चित्त नदुखाऔं’[भिडीयाे सहित]

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology