Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गजल : खाने भए नैतिकता मकैसित पोली !

गजल : खाने भए नैतिकता मकैसित पोली !

  • 3.0K
    SHARES

  • गजल : खाने भए नैतिकता मकैसित पोली !

    -धनराज गिरी 

    प्रेम गर,प्रेम गर,अरू मार गोली

    तिम्रो मेरो जिन्दगीमा न माधव न ओली

    शेर पनि उही आलु,राम रायो साग

    कोइराला सारा पित्तल बोके हुन्छ झोली

    अरे कमल,अरे भानु,सारा चारतारे

    राजावादी उही गीत,तन्नाम हुने भोलि

    प्रचण्ड त बिचरा हुन् ,हरे सीतापति!

    कसले धान्छ विरासत भागे आफ्ना टोली!

    सारा बिक्ने नेपालमा,बौद्धिक अति झूर!

    खाने भए नैतिकता मकैसित पोली!!

    सबै मिले केही हुन्छ,हेर एन आर एन ए!!

    विदेशमा पनि उस्तै च्यात्तिएको चोली!!

    विवेक,विवेक,फेरि विवेक भन्छमूर्ख जोगी

    अमृतजस्तो हुनपर्यो मानिसको बोली

    मेरो पनि " आरजू " हो हुने " धनराज!"

    लक्ष्मीपति पुत्र हाम्रो घरमा सधैं होली

    पूर्ण वस्ती हमाल रिमाल कमाल मेरा आफ्ना

    राम कृष्ण अघोरीजी सीता अमृत घोली !!

    चितवन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology