बुटवल,फागुन २१ ।
सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिर तिलोत्तमा २ रूपन्देही आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मन्दिरका अध्यक्ष खिल बहादुर पौडेलको अध्यक्षता तथा संस्थापक उपाध्यक्ष भविश्वर आचार्यको प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै आचार्यले मन्दिरको बिकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
इतिहास बोकेको मन्दिरको भबिश्व पनि उज्ज्वल रहेको भन्दै समाजमा धार्मिक जागरण जगाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सो अबसरमा अध्यक्ष पौडेल,,कोषाध्यक्ष ईश्वर प्रसाद पोखरेल र गोबिन्द भुसालले प्रस्तुत गरेको आन्तरिक लेखा परिक्षण ,प्रतिबदन पारित गरिएको थियो ।

सो अवसरमा वडा सदस्य श्यामलाल खत्री क्षेत्री,काशिराम काफ्ले,डोरबहादुर खड्का,झबिन्द्र भण्डारी ,राममाया पौडेल,मोति भण्डारी ,संचालक सचिव प्रेमप्रसाद भुसाल लगायतले बोलेका थिए ।
बिस २०५४ सालमा लक्ष्मण पौडेलले स्थापना गर्नुभएको सिद्धेश्वर महादेब मन्दिर २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ भने मन्दिरमा २ जना पण्डितबाट दैनिक पुजाआजा हुनेगरेको अध्यक्ष खिल बहादुर पौडेलले बताउनुभयाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)