काठमाडौं,असोज २९ -
तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।
नेम्वाङले भनेका छन्, यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल गर्यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ ।
छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ । त्यसैले अहिलेको नियुक्ति दुई अध्यक्षको छलफलको परिणाम हो ।
‘अहिले व्यापक रूपमा पुनर्गठन गरौँ न त भन्ने कुरा पनि आएका हुन्, तर दुई अध्यक्षले धेरै छलफल गरेपछि अहिलेलाई थोरैमा सीमित रहौँ र यसबीचमा राम्रो गृहकार्य गरेर तिहारपछि व्यापक परिवर्तन गरौँला भन्ने तय भए अनुसार यो भएको हो,’ उनले भनेका छन्, ‘त्यसैले सबैको कुरा सुनेरै यो गरिएको हो भन्ने मेरो बुझाइ छ ।’
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)