Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ईश्वरकाे रक्षा खाेसियाे,बिष्णु पौडेल अर्थमन्त्री,कृष्णगोपाललाइ सहरी विकासकाे जिम्मा

ईश्वरकाे रक्षा खाेसियाे,बिष्णु पौडेल अर्थमन्त्री,कृष्णगोपाललाइ सहरी विकासकाे जिम्मा

  • 9.2K
    SHARES

  • ईश्वरकाे रक्षा खाेसियाे,बिष्णु पौडेल अर्थमन्त्री,कृष्णगोपाललाइ सहरी विकासकाे जिम्मा

    बुटवल,असोज २८ - 

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासचिब समेत रहेका बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । 

    उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ भने यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    cabinet.gif

    नवनियुक्त मन्त्रीहरुको सपथग्रहण बिहीबार :

    नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहीबार सपथग्रहण गर्नेगरी तयारी थालिएको छ । यद्यपी समय भने तय भइसकेको छैन  ।
    मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । 

    नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गरेकी हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology