-धनराज गिरी
आखिरमा सत्यतथ्य जान्ने दुनियाँले ,
केही दिन जस्तो पनि धान्ने दुनियाँले ।
गलतफहमीको शिकार हुने सीधासाधा,
निर्दोषमाथि पनि पत्थर हान्ने दुनियाँले ।
सही मार्ग थाहा पाए ,दिए दिव्य ज्ञान,
बैकुण्ठ नै धरतीमा तान्ने दुनियाँले ।
खुल्छ खुल्छ भित्री चक्षु हुन्छ तत्वबोध,
जनक सीता गान्धी बुद्ध छान्ने दुनियाँले ।
यस्तो पनि भोगियो है,हरे विडम्बना !!
कसाही हो,पुजारी पो,मान्ने दुनियाँले !!
चितवन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)