Logo बुधवार, श्रावण १३ गते २०८३
images

नमस्ते एकेडेमी अवदेखि ब्रिटिस ग्रामर स्कुल

नमस्ते एकेडेमी अवदेखि ब्रिटिस ग्रामर स्कुल

  • 6.1K
    SHARES

  • नमस्ते एकेडेमी अवदेखि ब्रिटिस ग्रामर स्कुल

    बुटवल,फागुन १४ ।

    रुपन्देहीको नमस्ते एकेडेमी अव ब्रिटिस ग्रामर स्कुलको नामबाट संचालन हुने भएको छ । एकेडेमीको व्यवस्थापनको जिम्मा ब्रिटिस कलेजले लिएसँग नमस्ते एकेडेमी ब्रिटिस ग्रामर कलेजको नामबाट संचालन हुने भएको हो ।

    व्यवस्थापन जिम्मा लिएपछि एकेडेमीको नियमित कार्यक्रममा उपस्थित भएका ब्रिटिस कलेजका कार्यकारिणी समुहका सदस्य पर्ल क्लेभले रुपन्देहीको शिक्षा क्षेत्रमा उच्च सम्भावना देखेर नै ब्रिटिस कलेजले नमस्ते एकेडेमीमा लगानी गरेको बताए ।

    उनले ब्रिटिस कलेजको ७ वटै प्रदेशमा लगानी गर्ने लक्ष्य रहेको जानकारी दिंदै काठमाडौं, चितवन र पोखरा लगानी भइसकेको र रुपन्देहीलाई नयाँ सम्भावनाका रुपमा सेवा संचालन गरिएको बताए ।namaste-academy.jpg

    कार्यकारिणी सदस्य क्लेभले ब्रिटिस कलेजको सामाजिक उत्तरदायित्व पुरा गर्ने लक्ष्य अनुरुप नेपालमा लगानी गरिएकाले ब्रिटिस स्कुलमा अध्ययन गर्ने शुल्क महङ्गो नहुने दाबी गरे ।

    पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले ज्ञानलिने विषयमा नेपालीहरु अत्यन्त मेहनती भएपनि नेपालको शिक्षा प्रणाली परम्पराबादी रहेको टिप्पणी गरे । नेपालीहरुको मेहनत र ब्रिटिस शिक्षा प्रणालीको समायोजनले नै शैक्षिकक्षेत्रमा राम्रो नतिजा आउन सक्ने विश्वास व्यक्त गरे ।

    एकेडेमीका संस्थापक अध्यक्ष एवं वर्तमान संचालक डिल्लीनारायण पाण्डेले असल नागरिक बनाउने उद्देश्यले बिद्यालय संचालन गरिएकाले नमस्ते एकेडेमीबाट कुनै विद्यार्थी निस्कासन नगरिने दाबी गरे । ‘घरमा बिग्रेका बालबालिकालाई समेत सुधार गर्ने एकेडेमीको उद्देश्य हो, त्यसैले हामी कसैलाई पनि रेस्टिकेट गर्दैनौं ।’ पाण्डेले भने, ‘कुलतमा लागेका बालबालिका पनि एकेडेमीमा आएर असल नागरिक बनाउने बिद्यालयको उद्देश्य हो ।’

    कार्यकारिणी सदस्यको उपस्थितीको अवसरमा विद्यालयले बिभिन्न अवसरमा गरेको अतिरिक्त क्रियाकलापमा पुरस्कृत भएका स्कुलका बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology