Logo बिहिवार, आश्विन १ गते २०८३
images

पल शाहलाई पक्राउ गर्न प्रहरीको ५ टोली मैदानमा

पल शाहलाई पक्राउ गर्न प्रहरीको ५ टोली मैदानमा

  • 2.4K
    SHARES

  • पल शाहलाई पक्राउ गर्न प्रहरीको ५ टोली मैदानमा

    बुटवल,फागुन १३ ।

    अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ ।  बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।

    पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।  पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।
     
    अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लुकिछिपी हिँडिरहेका छन् । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् ।

    उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यकालमा उनीविरुद्ध जाहेरी दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण १३ २०७८०५:५३:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology