बुटवल,असोज २७-
रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।
नहरको पानी तानेर खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)