Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आहारारा गोल्डकप : मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा राेक्दै एपीएफले जित्यो उपाधि

आहारारा गोल्डकप : मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा राेक्दै एपीएफले जित्यो उपाधि

  • 2.3K
    SHARES

  • आहारारा गोल्डकप : मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा राेक्दै एपीएफले जित्यो उपाधि

    पोखरा,माघ १५ ।

    पाेखरामा भएको आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको हाे ।  पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्न सफल भएको हाे ।

    खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् ।

    मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए । घरेलु टिममा मनाङको पहिलो गोलसँगै रंगशालामा समर्थकको चर्को हुटिङ सुनियो ।

    त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका थिए ।

    तर इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए । मनाङका डिफेन्डरले हेडिङमार्फत फर्काएको बललाई उनले हेडिङमार्फत गोल गरेका हुन् ।

    निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । तर, पटकपटक काउन्टर अट्याक प्रयास गरे पनि सफल भने हुन सकेन ।

    अतिरिक्त समयको पहिलो मिनेटमा खेललाई फेरि अग्रता दिलाउने मौका मनाङले गल्ती गर्दा गुमाउन पुग्यो । अतिरिक्त समयको पहिलो मिनेटमै कर्नरबाट पाएको बल ओलावाले अपिजले गोल गरेका थिए । तर, उनले विपक्षी खेलाडीलाई धक्का दिँदै लडाउन पुगेकाले खेलका मुख्य रेफ्री नवीन्द्रमान महर्जनले गोल स्वीकृत गरेनन् । उनले सोही गल्ती अतिरिक्त समयको २० औं मिनेटमा पनि गरेका थिए ।

    त्यसअघि खेलको ४० औं मिनेटमा मनाङका आदित्य चौधरी घाइते भएका थिए । हातमा चोट लागेर गम्भीर बनेपछि उपचारका लागि एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । एपीएफका क्याप्टेन नवीन लामाले प्रहार गरेको क्रस बल आदित्यको हातमा लाग्न पुग्दा उनी घाइते हुन पुगेका थिए ।

    सर्वाधिक उपाधि विजेता टोली र १४ वर्षपछि फाइनल पुगेको विभागीय टोली एपीएफबीचको खेल प्रतियोगिताकै रोमाञ्चक बनेको थियो । एपीएफसँग हारसँगै मनाङको ७ औं पल्ट उपाधि चुम्ने सपना विफल भएको छ ।

    मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र  एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology