Logo बिहिवार, आश्विन १ गते २०८३
images

घोडाहा जंगलमा आमाछोरीको चक्कुले हानेर हत्या गरिएको प्रहरीद्वारा पुष्टी,सनाखत बाँकी !

घोडाहा जंगलमा आमाछोरीको चक्कुले हानेर हत्या गरिएको प्रहरीद्वारा पुष्टी,सनाखत बाँकी !

  • 5.5K
    SHARES

  • घोडाहा जंगलमा आमाछोरीको चक्कुले हानेर हत्या गरिएको प्रहरीद्वारा पुष्टी,सनाखत बाँकी !

    बुटवल,माघ ११।

    रुपन्देहीको देवदह जंगलमा मृत अवस्थामा भेटिएका आमाछोरीको हत्या नै भएको प्रहरीले पुष्टी गरेको छ।

    देवदह ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट २५ मिटर भित्र जंगलमा चक्कुले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो। हत्या गरिएका महिला र बालिकाको सनाखत हुन सकेको छैन। 

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले दुवैको घाँटीमा चक्कुले रेटेको देखिएकाले हत्या  नै भएको पुष्टि गरे। ‘महिला र बालिकाको घाँटी चक्कुले रेटेर हत्या गरेको देखिन्छ,’ केसीले भने। घटनास्थलमा तरकारी काट्ने चक्कु भेटिएको छ।

    ‘अन्य कुनै पनि सामानहरु छैन, झोला वा अन्य कागजपत्र नहुँदा शवको पहिचान गर्न सकिएन,’ उनले भने। हत्या गरेर जंगलमा शव फालिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। घटना १२ घण्टा अघिको आसपासमा भएको प्रहरीले जनाएको छ। 

    ‘हामीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएका छौं,’ डिएसपि केसीले भने। मंगलबार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार तराई मूलको जस्तो देखिने महिला अन्दाजी ३२ वर्ष र बालिका अन्दाजी ७ वर्षकी छन्। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology