बुटवल,माघ १० ।
बुटवल–१४ बेलभरियामा परालको टौवामा आगलागि भएको छ । आगो निभाउन खोज्दा एक जना घाइते भएका छन् ।
गएराति करिब ९ बजे बाटोको छेउमा रहेको परालको टौवामा आगलागी हुँदा सो आगो नियन्त्रणका क्रममा स्थानीय अन्दाजी २८ वर्षिय नन्दु दंगोरिया घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
सो परालको टौवा स्थानीय प्रेम चालिसेको हो । आगो निभाउनका लागि बुटवल उपमहानगरको दमकल घटना स्थल पुगेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)