Logo शनिवार, आश्विन ३ गते २०८३
images

नृत्य निर्देशक संघ रुपन्देहीद्वारा बुटवलमा ५ दिने उद्घोषण तालिम सम्पन्न

नृत्य निर्देशक संघ रुपन्देहीद्वारा बुटवलमा ५ दिने उद्घोषण तालिम सम्पन्न

  • 2.5K
    SHARES

  • नृत्य निर्देशक संघ रुपन्देहीद्वारा बुटवलमा ५ दिने उद्घोषण तालिम सम्पन्न

    बुटवल,माघ ८ ।

    नृत्य निर्देशक संघ नेपाल रुपन्देहीले बुटवलमा ५ दिने उद्घोषण तालिम सम्पन्न गरेको छ । समापन समारोहमा  बोल्दै प्रमुख अतिथी नृत्य निर्देशक संघ प्रदेश अध्यक्ष लोकेन्द्र शाहले सहकार्य गरेर अगाडि बढ्ने बताए । 

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेयले सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न सुझाव दिए।

    कलाकार चिरन बरालले प्रशिक्षणको समापन नै उद्घोषणको समापन होईन भन्दै सिकेका कुरालाई निरन्तरता दिन सुझाव दिए ।

    कार्यक्रममा प्रशिक्षकहरु गोपाल अधिकारी, खेमराज रेग्मी,सुमन श्रेष्ठले आ-आफ्नो अनुभव सुनाउदै वाककला जीवनाेपयोगी भएको बताए ।

    नृत्य निर्देशक संघ नेपाल रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव मोहन गुरुङले गरेका थिए ।

    तालिममा २५ जना सहभागि थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology