बुटवल,माघ ७ ।
बुटवल लेडी जेसिजको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जेसिज बर्ष २०२१ ले बर्ष २०२२ को नयां नेतृत्वलाइ एक समारोहका बिच पद हस्तान्तरण गरेको हो ।
अध्यक्ष शर्मिला रानाको अध्यक्षतामा भएको पदहस्तान्तरण कार्यक्रममा नेपाल जेसिजका राष्ट्रीय अध्यक्ष लालमणी भण्डारी,कार्यकारीणी उपाध्यक्ष अनिलबहादुर शाही,राष्ट्रिय उपाध्यक्ष सन्जीव अग्रहरी,बुटवल लेडी जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु,रुपन्देही ब्यापार संघका कोषाध्यक्ष मणि खनाल बुटवल लेडी जेसिज बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठ,महासचिब कमला लम्साल लगायतले बोल्दै जेसिजले नेतृत्व बिकास तथा समाज रुपान्तरणको अभियान चलाइरहेको बताएका थिए ।
सो अबसरमा बिभिन्न क्षेत्रका सहयोगीहरुलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो ।यस्तै बुटवल लेडी जेसीजको अध्यक्षमा अनुपमा श्रेष्ठ चयन भएकी छन् ।
जेसीज वर्ष २०२२ को निवर्तमान अध्यक्षमा शर्मिला राना ,कार्यकारीणी उपाध्यक्षमा प्रभा गौतम र वेदना पाण्डे कानुनी सल्लाहकारमा कमला लम्साल ,महासचिव संगीता ढकाल,कोषाध्यक्षमा बसन्ता घिमिरे,उपाध्यक्षमा पुनम पन्त,सोनम पाठक,नुमकली राहदी,साबित्रा जिसी,सहसचिबमा सपना ज्ञवाली र सहकोषाध्यक्षमा सुस्मा घिमिरे चयन भएका छन् । बर्ष २०२२ का लागि नवनिर्बाचित अध्यक्ष अनुपमा श्रेष्ठले बुटवल लेडी जेसिजलाइ अझै उचाइमा पुर्याउने प्रतिबद्धता जनाइन् ।
यस्तै २०२२ का लागि सल्लाहकारमा पुर्व अध्यक्ष ओमी पुन,रुपा पाण्डे र सिनेटर राधिका पाेखरेललाइ अध्यक्ष अनुपमा श्रेष्ठले मनाेनित गरेकी छन् ।
त्यस्तैगरी बर्ष २०२२ का लागि चिफ एक्जुकेटिभ टु द प्रेसिडेन्टमा रुपा श्रेष्ठ पाठक,अध्यक्षीय सल्लाहकारमा रुपा श्रेष्ठ र राजश्री गाैतम,तालिम निर्देशकमा राधिका बेल्बासे खनाल र सदस्य बृद्धि संयाेजकमा सन्ध्या श्रेष्ठ मनाेनित भएका छन् ।
याे पनि :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)