Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पिसिआर परीक्षणको शुल्क, अब ८ सयमा हुने

प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पिसिआर परीक्षणको शुल्क, अब ८ सयमा हुने

  • 2.0K
    SHARES

  • प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पिसिआर परीक्षणको शुल्क, अब ८ सयमा हुने

    बुटवल,माघ ५ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पिसिआर परीक्षणको शुल्क घटाइएको छ।  प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पिसिआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए। सोही निर्देशनअनुसार आज स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षणको शुल्क घटाएको छ। 

    अब सरकारी अस्पतालमा भर्ना भएको बिरामीको नि:शुल्क पिसिआर परीक्षण हुने र परीक्षण मात्रै गर्नेलाई ८ सयभन्दा बढी लिन नपाउने निर्णय भएको छ। यसअघि सरकारी अस्पतालमा पिसिआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो। 

    त्यसैगरी निजी अस्पताल तथा ल्याबहरूले १५ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ। यसअघि निजीतर्फ पिसिआर परीक्षणको शुल्क २ हजार रुपैयाँ थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology