Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा २४ जनालाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

नेपालमा २४ जनालाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

  • 2.2K
    SHARES

  • नेपालमा २४ जनालाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

    बुटवल,पुस २३ ।

    नेपालमा पछिल्लो पटक २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर यसको पुष्टि गरेको हो। 

    मन्त्रालयका अनुसार पुस सुरु भएयता हालसम्म संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जीन स्क्रिनिङ गर्दा २५० वटामा नमुनामा एस जीन नेगेटिभ पत्ता लागेको छ।

    एस जीन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटा नमुनाहरूको जीन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पत्ता लागेको मन्त्रालयका प्रवक्ता डा। संगीता कौशल मिश्राले जानकारी दिएकी छन्। 

    मिश्राले ओ‌मिक्रोन भेरियन्टबाट हुन सक्ने बिरामीको अत्यधिक चापलाई ख्याल गर्दै सबै अस्पतालहरुलाई उच्च  तयारी अवस्थामा रहन निर्देशन दिएको पनि बताएकी छन्। 

    मन्त्रालयले आवश्यक उपकरण र अक्सिजनसहितका अत्यावश्यक सामग्रीहरु तयारी अवस्थामा राख्न पनि देशभरका अस्पताललाई सर्कुलर गरेको छ। omi-cron_O9RRNhp9K3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology