बुटवल,असोज २३ ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई भर्खरै कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश सांसद इन्द्रजित थारुले बताए। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
केसीलाई कोरोना भएपछि उनी मन्त्री निवासमै आइसोलेनमा बसेका छन्। उनी नेकपा केन्द्रीय सदस्यका साथै रोल्पाका प्रदेश सभा सांसद पनि हुन् प्रदेशसभाकाे बैठकमा सांसदलाइ घिसारेर बाहिर निकाल भनेपछि उनी समेत बिबादित बनेका थिए ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)