Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वास्थ्य उपचारका लागि मुसिकोटका दर्जीलाई आर्थिक सहयोग

स्वास्थ्य उपचारका लागि मुसिकोटका दर्जीलाई आर्थिक सहयोग

  • 2.5K
    SHARES

  • स्वास्थ्य उपचारका लागि मुसिकोटका दर्जीलाई आर्थिक सहयोग

    कौरव खत्री/ गुल्मी,१८ पौष ।

    गुल्मी मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गे निवासी शंकर दर्जीलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग रकम  हस्तान्तरण गरिएको छ ।शनिवार एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई १लाख,९३ हजार,५सय,५४रुपैयाको नगद चेक हस्तान्तरण गरिएको थियो ।

    दर्जीको स्वास्थ्य उपचारार्थको लागि आर्थिक सहयोग संकलन अभियान मार्फत स्वदेश तथा विदेशबाट गरि कुल संकलित रु.३लाख,९५हजार,४सय,६६रुपैया आर्थिक सहयोग रकम मध्ये विरामी दर्जीको स्वास्थ्य उपचारमा रु.  १लाख,९९हजार, ९सय,१२ रुपैयाँ उपचारमा खर्च भएको र बाँकी बचत रकम रु. १लाख,९३हजार,५सय,५४रुपैयाको नगद चेक दर्जी परिवारलाई प्रदान गरिएको शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले जानकारी दिनुभयो ।

    साथै आर्थिक संकलन अभियानमा दर्जीको स्वास्थ्य उपचारको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई सहयोग संकलन अभियानका अभियान्ता अशोक गौतम र दर्जी परिवारले विशेष धन्यवाद दिनुभयो ।

    त्यस्तै सोही अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले  विरामी दर्जीको स्वास्थ्य उपचारलाई सहयोग संकलन अभियान मार्फत सहयोग जुटाउन पहल र आर्थिक सहयोग गनुहुने सबै सहयोगीदाताहरु गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

    आर्थिक अवस्था कमजोर रहेका दर्जीको स्वास्थ्य उपचारलाई मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गे निवासी हाल रोजगारीको शिलशिलामा जापानमा रहनु भएका समाजसेवी लोकनाथ घिमिरे,सोही स्थानका हाल पपुवा न्युगिनी रहनु भएका युवा समाजसेवी   अशोक गौतम,पौदी सेभ सोसाइटी जापानका अध्यक्ष कृष्ण खत्री क्षेत्री,शंकर परियार उपचार व्यवस्थापन समिति कोषाध्यक्ष ओम गुरुङ्ग,सिबि खाती क्षेत्री,राजन गिरी,सूर्य नेपाली, र पौदी सेभ सोसाइटी जापान संस्था लगायतको पहल तथा सक्रियतामा जापान,पपुवा न्युगिनी,भारत,अमेरिका,साउदी अरव,दुवई,कतार लगायतका देश तथा नेपालका स्थानमा रहनु भएका ७९ जना व्यक्तिहरुबाट संकलित कुल ३लाख,९५हजार,४सय,६६रुपैया आर्थिक सहयोग संकलन शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले जानकारी दिनुभयो ।

    शंकर दर्जी जन्र्मेको करिव १०-१२ बर्षको उमेरदेखि नै स्वास्थ्य समस्या भोक्दै आइरहनु भएका ३२ बर्षीय दर्जीलाई सहयोग जुटाएर काठमाण्डौमा औषधी उपचार गरेर विरामी दर्जीको स्वास्थ्यमा केही सुधार भएको ंशंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका उपाध्यक्ष प्रेम बहादुर दर्जीले जानकारी दिनुभयो ।

    सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका १ बाङ्गेका समाजसेवी,महिला,युवा तथा दर्जी परिवारजन लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका उपाध्यक्ष प्रेम बहादुर दर्जीको अध्यक्षता तथा समाजसेवी ढाल बहादुर गुरुङ्गको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले गनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology