Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको मुसिकोटमा मेगा बैंकको शाखा रहित बैकिङ्ग सेवा

गुल्मीको मुसिकोटमा मेगा बैंकको शाखा रहित बैकिङ्ग सेवा

  • 2.8K
    SHARES

  • गुल्मीको मुसिकोटमा मेगा बैंकको शाखा रहित बैकिङ्ग सेवा

    कौरव खत्री/गुल्मी,पुस  ७ ।

    गुल्मीको मुसिकोट नगरपालिका वडा न २ देउरालीमा  मेगा बैक नेपाल लिमिटेडको शाखा रहित बैकिङ्ग सेवा शुभारम्भ गरिएको छ ।

    सेवा शुभारम्भ कार्यक्रम समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले  बधाई एंव शुभकामना दिदै बैकिङ्ग सेवा मार्फत यय वडा बासिन्दाहरुलाई सामाजिक सुरक्षा सहुलियतपुर्ण कर्जा लगायत अन्य हरेक किसिमको सेवा सुविधा प्रदान गर्दै बैकले सेवा शुचार गर्नुपर्ने भन्दै यस वडा बैकिङ्ग सेवा शुरु हुन लागेको खुसी व्यक्त गर्दै सबै नागरिकहरु बैकिङ्ग क्षेत्र जोडिनु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

    कार्यक्रममा वडा सदस्य ध्रुव पछाइ,मुसिकोट नगरपालिकाका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेले शुभकामना मन्तव्य राक्दै मुसिकोट नगरपालिका वडा न २ मा बैकिङ्ग सेवा शुरु हुन लागेकोमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

    साथै मेगा बैक नेपाल लिमिटेड तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बंैकले प्रदान गरे सेवा सुविधा र कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।मुसिकोट नगरपालिका वडा न २ मा हालसम्म कुनै पनि बैकिङ्ग सेवा नभएको अवस्था वित्तीय सेवालाई जनता समेक्ष सहज रुपमा लैजानको लागि बैकिङ्ग सेवा शुरु गरिएको हो ।

    कार्यक्रममा मुसिकोट नगरपालिका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे,मेगा बैक लिमिटेड गुल्मी शाखा प्रमुख कालिदास पाण्डे,मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य गोबिन्द नेपाली, वडा सदस्य कोपिला घिमिरे,वडा सदस्य नर बहादुर खत्री,बडा सदस्य धुव्र पछाई, स्थानीय राजनैतिक दलका प्रतिनिधि विभिन्न विधालयका प्रअ तथा स्वास्थ्य चौकी  प्रतिनिधि,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रमको मुसिकोट नगरपालिका वडा न २ वडा अध्यक्ष लक्ष्मण खत्रीको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता कार्यक्रममा बैंक प्रतिनिधि महेन्द्र घिमिरेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने पञ्जिकरण शाखा प्रमुख बिष्णु प्रसाद फुल्लेलले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology