Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैना नगरमा भदाै २० गतेसम्म लकडाउन कायमै रहने

सैनामैना नगरमा भदाै २० गतेसम्म लकडाउन कायमै रहने

  • 2.5K
    SHARES

  • सैनामैना नगरमा भदाै २० गतेसम्म लकडाउन कायमै रहने

    बुटवल,भदाै १४

    रुपन्देहीको सैनामैना नगरपालिकाले लकडाउन थप लम्बाउने निर्णय गरेकाे छ । आज बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले भदाै २० गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको नगरपालिकाका जनस्वास्थ्य प्रमुख हेमराज पन्थीले जानकारी दिए ।

    आइतबार सैनामैना नगरपालिका कोरोना संक्रमितको संख्या थपिएपछि नगरले लकडाउन लम्बाउने निर्णय गरेको हो । नगरमा ६ जना पुरुष र १ महिला गरी ७ जना संक्रमित थपिएका हुन् । वडा नम्बर ४ मा ३ जना र २, ३ , ६ र ९ मा १र१ जना संक्रमित थपिएको बताए । 

    सैनामैना नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि भदौ १ गतेदेखि ७ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर नै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै भदौ २ गतेदेखि १४ गते राति १२ बजेसम्म लकडाउन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology