Logo शनिवार, आश्विन ३ गते २०८३
images

लुम्बिनी सास्कृतिक नगरपालिकाद्वारा ९ जनालाई सम्मान

लुम्बिनी सास्कृतिक नगरपालिकाद्वारा ९ जनालाई सम्मान

  • 2.4K
    SHARES

  • लुम्बिनी सास्कृतिक नगरपालिकाद्वारा ९ जनालाई सम्मान

    बुटवल,मंसिर १८ ।

    ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता :अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ ३०औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस रुपन्देहीमा विविध कार्यक्रम गरि मनाईएको छ ।

    दिवसको अवसरमा सम्मान कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकाले अपाङ्गता क्षेत्रमा  महत्वपूर्ण योगदान दिएका ९ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

     सम्मानित हुनेहरुमा वौद्धिक  अपाङ्गताका अभिभावक महासंघ लुम्बिनी प्रदेश संयोजक तथा लुम्बिनी डे केयर सेन्टर का सस्थापक सचिव अपाङ्गता समन्वय समितिका सदस्य  सन्तोष पन्थी, बौद्धिक अपाङ्गताका अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा लुम्बिनी डे केयर सेन्टर का सस्थापक अध्यक्ष बाबुराम केसी ,लुम्बिनी डे केयर सेन्टरका  शिक्षक माया गुप्ता, लुम्बिनी डे केयर सेन्टर का सस्थापक सदस्य तथा अपाङ्गता समन्वय समितिका सदस्य रुबिना मुसलमान,अपाङ्गता समन्वय समितिका सदस्यहरू रजाक  अलि फकिर, बुद्ध केसरी मल्लाह ,ममिता यादव पत्रकार, बिरेन्द्र मिश्रा लगायत सम्मान गरेको छ ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख मनमोहन चौधरी  ले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको लागि सबै एकजुट हुनुपर्ने र नगरपालिकामा अपाङ्गता छेत्रमा काम गरिरहेको बताए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय , नगरपालिका उप–प्रमुख  जनकी देवी श्रीवास्तव,  बौद्धिक अपाङ्गताका अभिभावक महासंघ लुम्बिनी प्रदेश संयोजक सन्तोष पन्थी , कार्यपालिका सदस्य रुबिना मुसलमान, महिला बालबालिका  शाखाका प्रमुख विनिता शाह, स्वास्थ्य शाखा प्रमुख  धुर्ब घिमिरे, अपाङ्गता भएका ब्यक्ति बुद्ध केसरी मल्लाह लगायतले मन्तव्य राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology