Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट,दुई जना संक्रमित फेला

भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट,दुई जना संक्रमित फेला

  • 1.8K
    SHARES

  • भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट,दुई जना संक्रमित फेला

    बुटवल,मंसिर १६।

    छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।

    ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ’, अग्रवालले भने, ‘दुवै संक्रमित कर्नाटकका हुन् ।’

    योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ । सहसचिव अगरवालले बुधबार राति ती दुई पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिए । दुबै संक्रमित केही दिनअघि दक्षिण अफ्रिकाबाट आएको र उनीहरूमा सामान्य लक्षण देखिएको उनको भनाइ थियो ।

    दुबैजना संक्रमितको सम्पर्कमा आएका पहिचान गरी परीक्षण गरिने पनि अगरवालले बताए । संक्रमित फेला परेपछि डराइहाल्नुपर्ने अवस्था नभएको तर सचेत हुनुपर्ने पनि उनले बताए ।

    ‘संक्रमण पुष्टि भएमा व्यक्तिमा सामान्य लक्षण मात्रै छन् । यहाँ र अन्य मुलुकमा फेला परेका ओमिक्रोनका कुनै पनि संक्रमितमा गम्भीर लक्षण देखिएका छैनन्’, अगरवालले भने, ‘विश्व स्वास्थ्य संगठनले ओमिक्रोन संक्रमणबारे प्रमाण जुटाइरहेको छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology