बुटवल,कात्तिक २५ ।
रुपन्देहीको तिलोत्तमा स्थित एक फर्निचरमा उद्याेगमा आगलागी भएको छ ।
तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा केही बेरअघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।
तिलाेत्तमा नगरपालिकाको दमकल बिग्रिएर थन्किएकाले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल जाँदै गरेको प्रहरी प्रवक्ता थापाले बताए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
आगलागी नियन्त्रणका लागि स्थानीयहरू समेत जुटेको प्रत्यक्षदर्शी सुदीप पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)