Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवा–विराटनगर ५३ मिनेटमै पुगिने,सौर्य एयरलाइन्सद्वारा दैनिक उडानको तयारी

भैरहवा–विराटनगर ५३ मिनेटमै पुगिने,सौर्य एयरलाइन्सद्वारा दैनिक उडानको तयारी

  • 2.3K
    SHARES

  • भैरहवा–विराटनगर ५३ मिनेटमै पुगिने,सौर्य एयरलाइन्सद्वारा दैनिक उडानको तयारी

    बुटवल,कार्तिक २४।

    सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर सिधा उडान भर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि लुम्बिनी प्रदेश  र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो ।

    आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औधोगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले नागरिक अनलाइनलाइ बताए ।

    भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने दाबी गरेको छ । जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेट लाग्ने एयरलाइन्सले जानकारी दिएको छ ।

    सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । चाडै नै नेपालगन्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ ।

    हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेको छैनन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology