बुटवल ,असाेज २३ ।
सरसफाइ कार्यक्रम सम्पन्न ६६ ओै प्रहरी दिवसकाे अवसर पारेर दाेभान प्रहरी चाैकी दाेभान,पाल्पाले सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।
प्रहरी चाैकीका ईन्चार्ज बिष्णुबहादुर कुँवरकाे अगुवाइमा मन्दिर विकास समितिका सदस्यहरुकाे संलग्नतामा सरसफाइ कार्यक्रम गरिएकाे हाे ।
मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले प्रहरी दिवसका अवसरमा मन्दिर सरसफाइ कार्यक्रम गरेकाेमा दाेभान प्रहरीका सबैलाई हार्दिक कृतज्ञता प्रकट गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)