बुटवल,असाेज २२ ।
लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले नेपाल अपाङ्ग आश्रम बुटवलमा खाध्यान्न तथा आर्थिक सहयोग गरेको छ ।
बुटवलका संस्थापक अध्यक्ष सुरेन्द्र मान भारीको जन्मदिको अबसरमा सहयोग गरिएको हाे ।
क्लवका अध्यक्ष खेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सुरेन्द्र मान भारीले आफ्नो जन्म दिनको अबसरमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
सागर शर्माको पनि सहयोगमा भएको कार्यक्रममा प्रदिप भट्टराई ,अपाङ आश्रम का संयोजक डोलबहादुर रामदाम लगायतले बाेलेका थिए ।
उक्त कार्यक्रमको सन्चालक प्रकाश खनालले गरेका थिए भने संयोजन सागर शर्माले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)