बुटवल भदौ,२१ ।
बुटवलको तिनाउ खाेलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका राजु परियारकी ३ वर्षीया छोरी सम्राट परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए।
तिनाउ छेउमा खेल्ने क्रममा जमेको पानीमा डुबेर परियारको हिजाे मृत्यु भएको उनले जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)