Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन

जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन

  • 2.5K
    SHARES

  • जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा  निधन

    बुटवल,भदौ १० ।

    जनगायक (जुठबहादुर खड्गी) जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

    मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।

    जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।  उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology