Logo शनिवार, आश्विन ३ गते २०८३
images

रेडियो पुष्पाञ्जलीद्वारा मुसिकोटका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रेडियो पुष्पाञ्जलीद्वारा मुसिकोटका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • 1.5K
    SHARES

  • रेडियो पुष्पाञ्जलीद्वारा मुसिकोटका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    गुल्मी,भदौ ६।

    सामुदायिक रेडियो पुष्पाञ्जलीले मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु शनिवार हस्तान्तरण  गरेको छ ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले विपदको समयमा रेडियो आफै सकंटमा रहेर पनि समुदायप्रति चासो देखाई सहयोग संकलन गर्नु सह्रानीय कार्य रहेको बताउनुभयो ।

    साथै भूषालले स्थानीय सरकारको दायित्व भित्र रहेको काम गरेकोमा रेडियोलाई धन्यवाद व्यक्त गर्दै यस्तो अभियान अन्य संघ संस्थाले पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    कार्यक्रममा सामुदायिक रेडियो पुष्पाञ्जलीका सल्लाहकार विष्णु कुमारी सापकोटा र अग्नीधर लोहोनीले ग्रामीण क्षेत्रमा सुचना र संवाहक बनेका सामुदायिक रेडियोहरुले विपदको यो समयमा आफै संकटमा रहेर पनि सहयोग संकलन अभियान सञ्चालन गरी विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गर्नु सह्रानीय कार्य रहेको बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि एंव महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर रेडियोले अनुकरणीय कार्य गरेको धन्यबाद दिदै उँहाले समुदायको प्रत्यक्ष सम्पर्कमा रहने विद्यालय क्षेत्र कोरोनाको जोखिममा रहेको कुरा ध्यानमा राखि स्वास्थ्य सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    देश विदेशबाट सहयोग जुटाएर संकलित रकमबाट मुसिकोट नगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने शिक्षक र विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा रहेकाले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको रेडियोका सचिव सुन्दर प्रधानले जानकारी दिनुभयो ।

    स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा सचिव प्रधानले अभियानका बारेमा जानकारी गराउँदै हालसम्म विभिन्न सहयोगीदाताबाट सकंलन भएको झण्डै ४ लाख ९० हजार बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले आफ्नो मातृभूमीको माया र सद्भाव देखाई विपदको समयमा देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    सहयोग सकंलन अभियान सञ्चालन गरी संकलित रकमबाट नगरपालिकाकाभित्रका ९ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुलाई अक्सिमिटर,थर्मल गन,माक्स,सेनिटाईजर, फेस सिल्ड,ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

    कार्यक्रम मार्फत क्याम्पस १ वटा,सामुदायिक विद्यालय तर्फ माध्यमिक तहका २० वटा विद्यालय,निमावि तहका १० विद्यालय र प्रावि तहका १० वटा विद्यालय तथा संस्थागत तर्फ ३ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

    सामाग्री वितरण कार्यक्रममा रेडियोका सल्लाहकारहरु हरिनारायण सापकोटा,गोपिकृष्ण खरेल,कोषाध्यक्ष अर्जुन सापकोटा,सह– कोषाध्यक्ष विष्णु प्रसाद आचार्य,सदस्य मोहन घिमिरे, गोपालमणी सापकोटा,लोकनाथ काफ्ले,रेडियोका स्टेशन म्यानेजर प्रकाश घिमिरे मुसिकोट नगरपालिकाका लेखा सहायक बालकृष्ण गौतम लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु एवं रेडियो सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    सामाग्री वितरण कार्यक्रम सामुदायिक  रेडियो पुष्पाञ्जली सञ्चालक समितिका उपाध्यक्ष विवेक काफ्लेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने रेडियो सञ्चालक समितिका सह सचिव कौरव खत्रीले गर्नुभएको थियो ।सामुदायिक रेडियो पुष्पाञ्जलीले यस अगाडी पहिलो चरणमा नगरपालिकालाई ५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको थियो ।

    त्यस्तै दोश्रो चरणमा नगरपालिका अन्तर्गत रहेका १० वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई पनि स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology