बुटवल,असोज ८-
बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा थप एक जनाकाे मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।
उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनी दमकी रोगी थिइन् ।
बिहिबार बिहान पनि यहि अस्पतालमा २ जनाकाे मृत्यु भएकाे थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)