Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा बिहीबार थपिए ८२ जना कोरोना संक्रमित, बुटवलमा ४२ जना

रुपन्देहीमा बिहीबार थपिए ८२ जना कोरोना संक्रमित, बुटवलमा ४२ जना

  • 4.7K
    SHARES

  • रुपन्देहीमा बिहीबार थपिए ८२ जना कोरोना संक्रमित, बुटवलमा ४२ जना

    बुटवल,असोज ८-

    रुपन्देहीमा बिहीबार ८२ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लामा पछिल्लो २४ घण्टामा ८१ जना निसंक्रमण मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ७०० पुगेको छ।

    पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षणअनुसार  थप २३ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले बताए ।

    सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ११ महिला, ३१ पुरुष गरी ४२ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमामा १९ जना, देवदहमा २ जना, ओमसतियामा २, सैनामैनामा ५ र रोहिणीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

    आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय ८२ पुगेको शाहले जानकारी दिए।हालसम्म २१ जनाको मृत्यु भएको छ।

    बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ ।

    याे बुटवल उपमहानगरपालिकाकाे तथ्यांक तालिकासहित :

    btl.jpg

    2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology